हेडलाइन्स संवादाता ।
३ चैत, दुवइ ।

संयुक्त अरव इमिरेट्स युएइमा हालै भिषण वर्षपछि सडकमा आएको बाढीका तस्विर अनलाइन सार्वजनिक गर्न प्रतिबन्ध लगाइएको छ । अधिकारीहरुले त्यस्ता तस्विर सार्वजनिक गर्ने र गलत हल्ला फैलाउनेहरुलाई जेल हाल्ने चेतावनी दिएका छन् ।

यस्ता तस्विर अनलाइनमा प्रकाशित गर्नेहरुलाई देशको साइवर कानुन अन्तर्गत कारवाही गरिने त्यहाँको गृहमन्त्रालयले जनाएको छ ।

dubai rain

अनलाइनमा देशको बदनामी हुने खालका कुनै पनि सामग्री प्रकाशित गरेमा त्यस्तो ब्यक्तिलाई १० लाख दिर्हाम सम्म सजाय तथा जेल सजाय पनि हुने इन्टरनेशनल विजिनेस टाइम्सले जनाएको छ ।

दुवइ र अवुधावीमा भारी वर्षा, विद्यालय बन्द गरियो (तस्विर सहित)
यौन सम्बन्धी १५ अनौठा कानून

सामाजिक सञ्जालमा युएइमा आएको बाढीको विषयमा अफवाह फेलाइएको भन्दै अधिकारीहरुले कडा रबैया अपनाएका हुन् ।

केही दिन अघि मात्र युएइमा भारी वर्षा भएपछि जनजीवन प्रभावित भएको थियो । सामान्यतः पानी नै नपर्ने युएइमा बाढीको अवस्था सृजना भएको थियो ।

वर्षा हुँदै नहुने र भएपनि कम हुने भएका कारण दुवइका सडक वर्षाको बाढीका लागि तयार नगरी तयार गरिएका हुन्छन् । त्यसैकारण थोरै वर्षा हुँदा पनि दुवइमा सडकहरु जलमग्न हुने गरेका छन् ।