१४ भदौ, काठमाडौं ।

युटिएलले सस्तो इन्टरनेट प्याकेज बेच्न शुरु गरेको छ ।

दशैँ तिहार लगायतका चाडपर्वको अवसरमा मात्र २५० रुपैयाँमा ५६ दिनसम्म असिमितरुपमा इन्टरनेट चलाउन मिल्ने विशेष डाटा प्याकेज ल्याएको जानकारी युटीएलले दिएको हो ।

भदौ १५ देखि असोज ८ गते सम्म डाटाप्याक सिम खरिद गर्नेले यो सुविधा पाउने छन् ।

UTL-OFFICE-HATTISHAR1

युटिएलका अनुसार भदौ १५ गते डाटाप्याक सिम किन्नेहरुले ५६ दिनसम्म र योजनाको अन्तिम दिन र असोज ८ गते सिम किन्नेहरुले ३२ दिनसम्म असिमित रुपमा इन्टरनेट प्रयोग गर्न सक्नेछन् ।