३२ जेठ, काठमाडौं ।

युरोकप फुटबलमा पूर्व दुई विश्वविजेताले जितसहित युरोकपमा विजयी सुरुवात गरेका छन् । गए राती भएको खेलमा विश्वविजेता एवं पूर्व युरो विजेता स्पेनले चेक रिपब्लिकलाई १–० गोलले पाखा लगायो । स्पेनका लागि पिकेले ८७ औं मिनेटमा हेड गोल गरे ।

यी ६ अंगमा कोठी हुनेहरु अत्याधिक कामुक हुन्छन्

त्यस्तै गएराती नै भएको खेलमा पूर्व विश्वविजेता इटालीले बेल्जियमलाई २–० गोलले पाखा लगायो । इटालीको लागि पहिलो हाफमा एक गोल सम्भव भयो भने दोस्रो हाफमा अर्को गोल थपेपछि सजिलो जित दर्ता गरी महत्वपूर्ण तीन अंक बटुल्यो ।

euro cup ireland

गएराती नै भएको अर्को खेलमा स्वीडेन र आयरल्याण्डले भने बराबरी खेलेका छन् । आयरल्याण्डले खेलमा अग्रता लिएपछि स्वीडेनका लागि पनि आयरल्याण्डले नै उपहार गोल दिएको थियो ।

कोपा अमेरिकाः ब्राजिललाई घर फर्काउने त्यो हाते गोल (भिडियो सहित)

आत्मघाती गोल गर्दा आयरल्याण्डले खेल बराबरीमा चित्त बुझायो । स्वीडेनका लागि इब्राहिमोभिच भने चल्न सकेनन् ।