२९ साउन, पोर्चुगल ।

युरोपियन मुलुक पोर्चुगलमा पशुपतिनाथनाथ मन्दीर निर्माणको लागि शिव पुजा तथा श्रीकृष्ण जन्मोत्सव हुने भएको छ ।

नेपालीहरुको धेरै जनसंख्या हुँदा पनि आफ्नो चाडपर्व मनाउन वा कुनै शुभ कार्य गर्न कुनै उचित स्थान नभएकोले पशुपतिनाथ मन्दीर निर्माणको आवस्यकता भएको मन्दीर निर्माणका अभियन्ता गोविन्द साप्कोटाले बताए ।

नेपालीहरुको नयाँ पुस्ताले नेपाली भाषा र संस्कृति भुल्दै गएकोले नेपाली समुदाय चिन्तित भएको र नेपालीहरुको लागि एउटा भाषा तथा संस्कृतिक केन्द्रको टड्कारो आवस्यकता परेको छ ।

यी सबै कुराहरुलाई ध्यानमा राख्दै नेपालको चिनारीका रुपमा रहेका भगवान श्री पशुपति नाथको मन्दिर निर्माण गरी संस्कार र संस्कृतिको जगेर्ना गर्दै युरोपमा रहेका नेपाली र अन्य समुदायलाई समेत समेट्ने उद्धेश्यका साथ श्रीकृष्ण जन्मास्टमी तथा श्रावणको अन्तिम सोमबारको अवसर पारेर श्री पशुपतिनाथ मन्दिर निर्माण आरम्भ पुजा, श्रीकृष्ण जन्मोत्सव तथा भजन संध्या को आयोजना गरीने भएको छ ।

कार्यक्रमा उपस्थित भई यस्तो पवित्र कार्य सफल बनाइदिन हुन पोर्चुगल तथा सम्पुर्ण युरोपबासी नेपालीहरुलाई आयोजक समितिले अनुरोध गरेको छ ।