२४ चैत, गोटिखेल ।युवा संघ नेपालका सचिव किरण पौडेलले चुनावका बेलामा युवा संघ नेपाल हातमा दही जमाएर नबस्ने बताएका छब् । आज चापागाउँमा आयोजना गरिएको नेकपा एमाले भातृ संगठन युवा संघ नेपालका गाउँ कमिटि भेलाको उद्घाटन गर्दै उनले यस्तो दावी गर्नुभएको हो ।उनले राजनीतिक दलहरुले दिएको जिम्मेवारीअनुसार मन्त्रीपरिषद् अध्यक्ष खिलराज रेग्मीले समयमा निर्वाचन गर्नुपर्ने पनि बताउनुभयो । युवा संघ सचिवालय सचिव पौडेलले कसैले
युवासंघलाई अवरोध गरे ठाउँका ठाउँ जस्ताको तस्तै जवाफ दिन निर्देशन समेत दिनुभयो । कार्यक्रममा युवा संघ सचिवालय सदस्य पर्शुराम बस्नेतले पनि
एमालेलाई पहिलो पार्टी बनाउन युवा संघले जे गर्न पनि तयार भएको बताउनुभएको थियो ।