१ पुस, काठमाडौं ।

श्रीलंकासँग १ रनको चुकचुकाउँदो हार बेहारेको नेपालले एसिसी यु १९ एसिया कप क्रिकेटमा भारतलाई १७३ रनको लक्ष्य दिएको छ । नेपाली यु-१९ क्रिकेट टिमले प्रतिद्वन्द्धी भारतलाई अहिले सम्मकै रेकर्ड लक्ष्य दिएको हो ।

जव किम जोङ उनले आफ्ना सैनिकलाई दिएको आदेश भुले . . .

श्रीलंकामा जारी यु १९ एसिया कपमा नेपालले बलियो प्रतिद्वन्द्धी भारतलाई अहिलेसम्मकै सबैभन्दा ठूलो रनको लक्ष्य दिएको हो । टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै १७२ रन बनाउन सफल भयो । नेपाली टिमले भारतसँग १७० माथिको लक्ष्य दिएको यो पहिलो पटक हो ।

u-19-cricket

१७२ रन बनाउने क्रममा नेपालले अन्तिम ओभरमा दुई छक्का र तीन चौका हान्यो । रोहितकुमार पौडेलले अन्तिम ओभरमा दुई छक्का र तीन चौका हान्दै २४ रन जोडेपछि नेपालले टेस्ट टोली भारतविरुद्ध १७२ रन बनाउन सकेको हो । पौडेलले ९३ बलमा ७ चौका र दुई छक्का मद्दतमा नटआउट ६८ रन जोडे ।  तर, खेलको अन्तिममा पौडेललाई साथ दिने क्रममा नन्दन यादव फिक्का देखिए । उनले ११ बल खेल्दा एक रन पनि जोड्न सकेनन् ।

सम्पतिको नाममा उडाउनेहरुलाई प्रचण्डले दिए मुखभरिको जवाफ

श्रीलंकाविरुद्ध ९० रन हानेका दिपेन्द्र ऐरीले ३४ रन जोडे । आदिल खान, भीम सार्की र नन्दन यादवले एक रन पनि जोड्न सकेनन् ।

यसअघि नेपालले ढाकामा भएको युवा विश्वकपमा भारतलाई १६९ रनको लक्ष्य दिएको थियो। तर भारतीय टिमलाई १७० रन भन्दा माथिको लक्ष्य दिएको यो पहिलो पटक हो ।

नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै १७२ रन बनाउने क्रममा १४ रन अतिरिक्त पायो । नेपाललाई सस्तैमा रोक्न भारतका राहुल चाहरले १० ओभरमा एक मेडन राख्दै २७ रन दिएर ५ विकेट हात पारे ।