२४ फागुन, काठमाडौँ

। नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सभापतिका लागि आफ्नो जित सुनिश्चित भएको र यो निर्वाचन औपचारिकता मात्रै बताएका छन् ।

congress mahaadhivesan election day sher bahadur deuwa

सभापतिका लागि दोस्रो चरणको निवार्चनमा मतदान गरेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै देउवाले आजको निर्वाचन औपचारिकता मात्र भएको दाबी गरेका हुन ।

उनले निर्वाचित भएपछि पनि पराजय हुने नेताहरु सबैलाई मिलाएर लाने र पार्टीलाई एक ढिक्का बनाउने दृढता व्यक्त गरे । आइतबारको पहिलो मतदानमा सभापति पदमा तीनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि पुनः दोस्रो चरणको निर्वाचन अहिले भइरहेको छ ।

निर्वाचन समितिले मतदानका लागि अपराह्न २ बजेदेखि ५ बजेसम्मको समय निर्धारण गरेको छ ।

पहिलो निर्वाचनमा सभापतिका प्रत्याशी शेरबहादुर देउवाले एक हजार ५६४ र रामचन्द्र पौडेलले एक हजार १६० मत प्राप्त गरेका थिए । अर्का प्रत्याशी कृष्णप्रसाद सिटौलाले ३२४ मत प्राप्त गरेका थिए । रासस

यो पनि पढ्नुस्।

मतदान स्थलमै सक्रिय खुमबहादुर, देउवाको पक्षमा लविङ

शुरु भयो दोश्रो चरणको मतदान, देउवा पक्ष ढुक्क

मतदानमा सहभागी भन्न आह्वान गर्दै सिटौलाको दोश्रो विज्ञप्ति

देउवा र पौडेललाई सिटौलाको कुटनीतिक जवाफ