एजेन्सी । एक आमाले यौन जीवनमा समस्या भएको कारण देखाउँदै आफ्नी दुई छोरीको हत्या गरेकी छन् ।

लूसे पोर्टन नाम गरेकी २३ वर्षीया महिलालाई यस घटनापछि आजीवन जेल सजायँ सुनाइएको छ । यो घटना बेलायतको रग्बी शहरको हो । बीबीसी रिपोर्टका अनुसार घटनाको केही दिन पछि नै महिलाले पैसाको साटो यौनसम्बन्धको प्रस्ताव राखिरहेकी थिइन् ।

त्यहाँको अदालतले महिलाले जानीजानी आफ्नी छोरीहरुको हत्या गरेको ठहर गरेको छ । हत्यापछि महिलाले छोरीहरुको कपडा बेच्नको लागि फेसबुकमा विज्ञापन पनि गरेको पुष्टि भएको छ ।

घटना २०१८ जनवरीको भएता पनि अदालतले शुक्रबार फैसला गरेको हो । महिलाले ३ वर्षकी लेक्सी ड्रेपर र १७ महिनाकी स्र्कालेट वुगनको हत्या गरेको बीबीसीले जनाएको छ ।