१९ माघ, रत्ननगर (चितवन)।
चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट एक बालकको मृत्युभएको छ ।

रत्ननगर नगरपालिका वडा नं ७ को टिकौलीस्थित मुख्य राजमार्गमा सोमबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख १५४ नंको ट्रकले पैदल हिँडिरहेका चार वर्षीय बालक अंकुश मिश्रलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्युभएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

मृतक अंकुश, भारत महाराष्ट्र घर भई हाल रत्ननगरमा पाल टाँगेर बस्दै आएका सङ्गम मिश्रका छोरा हुन् । ठक्कर दिने ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस