८ मंसिर, सिरिया।

टर्कीले सिरिया सीमा नजिक एक विमान खसालेको छ।

सिरियाको यामादी गाउँमा सो विमान खसालिएको बताइएको छ।

आफ्नो हवाइ क्षेत्र हस्तक्षेप गरेको भन्दै टर्की सेनाले सो विमान खसालेको बताएको छ।

विमानबाट दुई पाइलट प्यारासुटबाट हामफालेको प्रत्यक्षदर्शीले जनाएका छन्।

स्थानिय मिडियाले सो विमान रसियन भएको बताएका छन्।

सिरियामा सेप्टेम्बरबाट रसियाले जिहादी विरुद्ध आक्रमण तेजी गरेको थियो। रसियाको हवाइ कारबाहीमा सयौं इस्लामिक स्टेट समर्थक मारिएको खबर आएको थियो।

यो पनि पढ्नुस्।

रसियन वायुसेनादवारा ५ दिनमा आइएसको १००० तेल ट्यांकर नष्ट- भिडियो हेर्नुहोस्