५ मंसिर, एजेन्सी।

रसियन सेनाले इस्लामिक स्टेटलाई क्रुज मिसाइल द्वारा आक्रमण सुरु गरेको छ। मेडेटेरानियन र क्यास्पिन सागरबाट रसियन सेनाले इस्लामिक स्टेटको गढ मानिने क्षेत्रमा मिसाइल आक्रमण सुरु गरेको हो। जसमा एउटा मिसाइलले ६०० भन्दा बढी आतंककारी मारिएको रसियन रक्षा मन्त्री सर्गे स्वइगुले बताएका छन्।

cruise missile against isis

पानीबाट आक्रमण सुरु गरेको रुसले १० वटा युद्धजहाज प्रयोग गरेको छ। जसमा ६ वटा मेडेटेरानियन सागरमा तैनाथ गरिएको छ।

इस्लामिक स्टेटले रसियन आक्रमणबाट ठुलो क्षति बेहोरेको छ, स्वइगु ले भने, ‘जमिनको डाटा मुल्यांकन गर्ने हो भने सिरिया छिर्ने आतंकारीहरुको सङ्ख्या घटेको छ, बढी भन्दा बढी उग्रवादीहरु युद्ध भुमी छोडेर उत्तर र दक्षिण पश्चिम लागेका छन्।’

पछिल्लो चार दिनमा रसियन सेनाले ५२२ उडान भरेको, १०० भन्दा बढी क्रुज मिसाइल र १,४०० टन भन्दा बढी बिभिन्न प्रकारको बम खसालिसकेको रक्षा मन्त्रीले बताएका छन्।

इस्लामिक स्टेट विरुद्धको आक्रमणमा फाइटर विमानको सङख्या बढाएर ६९ पुर्याइएको स्वइगु बताए।

रिसियाले इस्लामिक स्टेटको बेसमा आक्रमण गरेको, १५ वटा तेल भन्डार र ५२५ तेल ट्रक निशाना बनाएको उनले बताए।

‘हामीले ६०,००० टन तेल सप्लाइ रोकिदिएका छौ। यी तेल ब्ल्याक मार्केटमा जाने गर्दथ्यो। आतंककारी प्रतिदिन १.५ मिलियन घाटा बेहोर्दैछन्।’। स्वइगुले भने।

रसियाले जिहादीहरुको २३ तालिम केन्द्र, विस्फोटक पदार्थ बनाउने १९ कारखाना र ४७ गोलीको डिपो ध्वस्त पारेको छ।

बममा सेन्देश लेखि इस्लामिक स्टेट विरुद्ध रसियाले हवाइ कारबाही समेत गरिरहेको छ।