२६ जेठ, एजेन्सी ।

रसियाले अमेरिकी इकोस्टार-२१ स्याटलाईट सहितको रकेट बम सफल परीक्षण गरेको छ ।

बैकोनुरबाट काजकिस्तानमा रकेट बम परिक्षण गरिएको रसियाको सरकारी अधिकारीहरुले बिहीबार जनाएका छन् । “रकेट परीक्षणका सवै चरणहरुमा सहज तरिकाले उठेको छ,” उनीहरुले भनेका छन् ।

सन् १९६५ देखि यस्तो परिक्षण हुदै आएकोमा अहिले परिक्षण गरिएको रकेटले २२.८ टन तौल बोकेको थियो ।
गत बर्ष पटकपटकको प्रयासमा पनि प्रोटोनको प्रक्षेपण असफल भएपछि रोकिएकोमा यसलाई आवश्यक तयारीपछि बिहीबार पुनःप्रक्षेपण गरिएको हो ।