१६ माघ, एजेन्सी।
रसियामा शनिबार शक्तिशाली भूकम्प गएको समाचार छ । सो भूकम्प ७ रिक्टर स्केलको रहेको अधिकारीहरुले जनाएका छन् ।

russia earthquake

अधिकारीहरुका अनुसार रसियाली सुदुरपुर्वी क्षेत्रलाई सो भकम्पले हल्लाएको थियो । शनिबार एका बिहानै सो भूकम्प गएको बताइएको छ । भुकम्प पश्चात सात पराकम्प समेत गएको छ। पाँच पराकम्प २ रेक्टर स्केलको छ भने एक ४.५ र अर्को ५.२ रेक्टर स्केलको भएको जनाइएको छ।

रसियाली सुदुरपुर्वी पहाडी क्षेत्र काम्चाकारीमा करिब १६० किलोमीटर गहिराईमा केन्द्रबिन्दु रहेको सो भूकम्पबाट भएको क्षतिको विवरण भने आएको छैन ।

रसियाली आपतकालीन व्यवस्थापन मन्त्रालयले दिएको जानकारी अनुसार भूकम्प शक्तिशाली थियो र त्यसपछिको उद्वारको काम भइरहेको छ ।

अधिकारीहरुले सो क्षतिको विवरण आइपुगेको छैन र ठूलो सङ्ख्याका प्रहरी, सेनासहितका उद्वारकर्मीले सो कार्यलाई तिब्रताका साथ अघि बढाएका बताएका छन् ।