२ जेठ, धादिङ । पृथ्वी राजमार्गको मलेखु-मुग्लिन सडक खण्डमा आज पहिरो जाँदा यातायात सञ्चालन हुन सकेको छैन् ।

धादिङ जोगीमारा-२ जवाङमा सडकमाथिबाट पहिरो आएर राजमार्ग अवरूद्ध भएको प्रहरीले जनाएको छ । पहिराले सडक अवरूद्ध हुँदा दुवैतर्फ यातायातका साधन सञ्चालन हुन पाएका छैनन् । पूर्वपश्चिम जाने यात्रु बाटामा अलपत्र परेका छन् । सो क्षेत्रमा पसलसमेत नभएकाले भोकै परेका छन् ।

आज अपराहृनदेखि आएको पहिराले सडक अवरुद्ध भएपछि सडक डिभिजन कार्यालय भरतपुरबाट ल्याइएको डोजरले पहिरो पन्छाइने सडक डिभिजन कार्यालयले जनाएको छ । रासस