९ मंसिर, काठमाडौं ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनले राजमार्ग अवरुद्ध हुन थालेपछि सरकारले विशेष सुरक्षा योजना लागू गरेको छ ।

मंसिर ७ गतेको केन्द्रिीय सुरक्षा समितिको निर्णय अनुसार मेचिदेखि महाकालीसम्मका सबै राजमार्गमा अवरोध गर्न नपाउने गरी सुरक्षा योजना लागू गरिएको र त्यही अनुसार सम्बन्धित निकायमा निर्देशन दिइएको गृहमन्त्रालयले जनाएको छ ।

Home Ministry

मन्त्रालयका सहप्रवक्ता केशव आचार्यका अनुसार राजमार्ग अवरुद्ध गरेमाबल प्रयोग गरेर खुलाइनेछ । सुरक्षा योजनामा नेपाली सेनालाई भने परिचालन नगरिएको मन्त्रालयले स्पष्ट पारेको छ ।

अव राजमार्गमा हुने अवरोध खुलाउनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोलीलाई खटाइनेछ ।

वार्तामा कुरा नमिले बल प्रयोग पनि हुन सक्छ- गृहमन्त्री बस्नेत

सुरक्षा संवेदनशीलताका आधारमा जिल्लाहरुलाई तीन समूहमा वर्गीकरण गरिएको छ र त्यही अनुसार नै जनशक्ति परिचालन हुने सहप्रवक्ता आचार्यले जानकारी दिए ।