२९ साउन, धनगढी । कैलालीको पूर्वी क्षेत्र टीकापुर नगरपालिका–२, सीतापुरको रानी कुलोमा शनिबार एक पुरुषको शव फेला परेको छ ।

कैलाली र बर्दियाको सीमा नदी कर्णालीबाट टीकापुरतर्फ आएको रानी कुलोमा केही दिनदेखि पानीको सतह बढेको अवस्थामा अन्दाजी ५०/५२ वर्षका देखिने पुरुषको शव फेला परेको हो ।

शवको सनाखत हुन नसकेको टीकापुर इलाका प्रहरी कार्यालयले जनाएको छ । रासस