२४ मंसिर, काठमाडौं ।

राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले आफ्नो पार्टी सरकारमा बस्नुको औचित्य सकिएको बताएका छन् ।

यो सरकारले राष्ट्रिय समस्या समाधान गर्न नसकेका कारण अव सरकारमा बस्नुको औचित्यमाथि प्रश्न उठेको उनको भनाइ छ ।

Dil Nath Giri RPPN

विहीबार राजधानीमा आयोजित एक कार्यक्रममा दिलनाथ गिरीले जनताले दुख पाउँदा केही गर्न नसकेपछि राजिनामा दिनु पर्ने बताए । नेपालमा गणतन्त्र स्थापना बाह्य शक्तिको आडमा भएको भन्दै उनले त्यही शक्तिले अहिलेका दलहरु र गणतन्त्र पनि असफल पार्न लागेको दावी गरे ।

दिल्लीबाट फर्केपछि ओली र कमल थापाको टकराव !

केही दिन अघि गिरीले ओली सरकार असफल भए देशमा राजतन्त्र फर्किने चेतावनी दिएका थिए । सोही पार्टीका अध्यक्ष तथा परराष्ट्रमन्त्री कमल थापाले भारतमा मनपरी डिल गर्न खोजेपछि ओली र थापाबीच समेत तनाव उत्पन्न भएको चर्चा समेत चलेको थियो ।