Rameshwor khanal१८ भदौ, पाल्पा । केन्द्रको निर्देशनपछि नेपाली काग्रेस पाल्पाले पूर्व अर्थ सचिव रामेश्वर खनाललाइ पाल्पावाट प्रतक्ष तर्फको उमेदवारीमा सिफारिश गर्ने भएको छ । रामेश्वरको नाम सिफारिश नगरेको भन्दै केन्द्रवाटै विरोध भएपछि कांग्रेस जिल्ला समितिले संसदीय वोर्डले हेरफेर गर्न सक्नेगरी पूर्वनिर्णय सच्चाएको पार्टी स्रोतले जनाएको छ ।
पार्टी सभापति सुशील कोइराला र केन्द्रीय सदस्य डा रामशरण महत जुनसुकै हालतमा खनाललाइ टिकट दिनुपर्ने पक्षमा रहेको बताइन्छ । पाल्पा क्षेत्रनं ३ वाट टिकट पाउने पक्का भएपछि खनाल कागे्रस प्रवेश गरेका थिए ।

काग्रेस नेतृत्वसंग भएको भद्र सहमति विपरित टिकट नदिइएपछि खनाल निराश बनेका थिए । जनतामा स्वच्छ छवी बनाएका खनाल उम्दमेवार बनाउदा देशैभरी सकारात्मक सन्देश जानेभन्दै कांग्रेसले पाल्पा ३ वाटै खनाललाइ उमेदवारी दिने तयारी भइरहेको एक नेताले जानकारी दिए ।

कांग्रेसमा टिकट वितरणमा संसदीय वोर्डको निर्णयलाइ अन्तिम मानिन्छ । खनाललाइ टिकट दिने नदिने बिषयमा विबाद भएपछि कांग्रेसले यसअघि पराजीत हरिप्रसाद नेपाल र विधान श्रेष्ठ लगायतको नाम केन्द्रमा सिफारिश गरेको थियो । दुइसाता अघि काग्रेस प्रवेश गरेका खनालले आफू प्रतक्ष निर्वाचनवाट चुनिएर जनप्रतिनिधि मुलक संस्थामा पुग्ने उदेश्य रहेको बताएका थिए ।