८ मंसिर, काभ्रे । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रघात हुनेगरी संविधान संशोधन कांग्रेसलाई पनि मान्य नहुने बताएका छन् ।

संविधान संशोधनको ठोस प्रस्ताव आएन: ठाकुर

काभ्रेको महादेवस्थान कुन्ताबेशीमा भएको सभालाई संवोधन गर्दै नेता पौडेलले संविधान संशोधनका विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि आफूले छलफल गरेको बताए । सबैको साथ र सहयोगमा संविधान संशोधनको प्रस्ताव सदनमा पेश गर्ने गरी छलफल भइरहेको उनको भनाइ थियो ।

‘संविधान कार्यान्वयन अहिलेको पहिलो सर्त’

एमालेले आफ्ना माग स्पष्टरुपले राख्नुपर्ने भन्दै उनले र हिन्दीलाई राष्ट्रिय भाषा र अंगिकृतलाई राष्ट्रका प्रमुख पद दिने कुरा कांग्रेसलाई पनि मान्य नहुने स्पष्ट पारेका हुन् ।