५ चैत, एजेन्सी ।
दक्षिण कोरियाकी अपदस्थ राष्ट्रपति पार्क गेउन हेले राष्ट्रपति कार्यालय “ब्लु हाउस” मा आफ्ना नौ ओटा कुकुर छाडेकी छिन् ।

गत आइतबार राष्ट्रपति कार्यालय छाडेर आफ्नै निजी निवासमा सरेकी पार्कले चार वर्ष अगाडि आफ्नो साथिले उपहार स्वरुप दिएको कुकुर राष्ट्रपति कार्यालय मै छाडेकी हुन ।

स्थानीय एक समाचारपत्रले शुक्रबार लेखेअनुसार उनलाई राष्ट्रपति कार्यालय प्रवेश गर्ने बेलामा उनको छिमेकीले उपहार स्वरुप सन् २०१३ को फेब्रुअरी २५ मा दुई ओटा शिकारी कुकुर दिएका थिए ।

सोलको दक्षिणी जिल्लामा रहेको पार्कको निजी निवासका छिमेकीले उनलाई कुकुर उपहार दिएका हुन् ।

पार्कको राजनीतिक आधार क्षेत्र मानिने दक्षिणपूर्वी ग्येङसानङ प्रदेशबाट ती कुकुर ल्याइएका थिए । ती कुकुर विशुद्ध उपहार मात्रै नभई पार्ककै आग्रहमा ल्याइएको थियो ।

उपहार दिनेले उनलाई दुई ओटा मात्रै कुकुर दिएकोमा सात ओटा केहीदिन अघि मात्रै राष्ट्रपति कार्यालयमै जन्मिएका थिए । तिनीहरु सबैलाई पार्कले राष्ट्रपति कार्यालयको पछिल्लो भागमा छाडेका छन् ।

संवैधानिक अदालतले महाअभियोगको फैसला गरेको दुइदिनमा उनले राष्ट्रपति कार्यालय खाली गरेका थिए । उनि महाअभियोग लगाएर अपदस्त हुने दक्षिण कोरियाको पहिलो राष्ट्रपति हुन ।

जनावर अधिकारवादीको एउटा समुहले पार्कले कुकुरलाई त्यहाँ छाडेर कुकुरप्रति हिंसा जनावरको रक्षाको कानूनलाई उलङ्घन गरेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा उनको चर्को आलोचना भएको छ । उनिबाट कानुनको उलङघन भएको छ की छैन भन्ने कुराको स्पष्ट भइसकेको छैन ।