२३ वैशाख, काठमाडौ । आज नागरिक समाजका प्रतिनिधि र विद्यार्थीहरूले सोमबार राष्ट्रपति कार्यालय घेराउ गरेका छन् ।

जनआन्दोलनको मर्म, भावना र जनादेश विपरीत कार्कीलाई अख्तियार प्रमुख बनाउन लागेको भन्दै उनीहरूले राष्ट्रपति कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनमा नागरिक समाजका प्रतिनिधि, विद्यार्थी, पत्रकार, कर्मचारी र सर्वसाधारण उपस्थित छन् ।

जनआन्दोलनमा चरम दमन गरेका लोकमानसिंहलाई अख्तियारमा नियुक्त गर्ने विषयलाई लिएर सबैतिरबाट विरोधका स्वरहरु निस्किन थालेका छन् । कर्मचारीहरु समेत कार्कीको सिफारिसको विषयलाई लिएर आन्दोलनमा उत्रिएका छन् ।

केही ठाऊँमा पुत्ला समेत जलाइएका छन् भने चक्काजामका कार्यक्रम पनि गरिएका छन् ।