१४ बैशाख, काठमाडौं । नेपालको राष्ट्रिय पोशाक कायम गर्न माग गर्दै आज काठमाडौंमा युवाहरुले अर्धनग्न मौन जुलुस निकालेका छन् ।

राष्ट्रिय पोशाक संरक्षण र पुर्नस्थापनाका लागि भन्दै युवाहरुको समुह श्रद्धावान नेपालले माईतीघर मण्डलादेखि बानेश्वरसम्म जुलुस प्रदर्शन गरेको हो ।

तत्कालिन प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको सरकारले दौरा सुरवाललाई राष्ट्रिय पोशाकबाट हटाएपछि मुलुक नै नाङ्गो भएकाले तत्काल राष्ट्रिय पोशाक तोक्न माग गर्दै जुलुस निकालिएको संस्थाका अध्यक्ष राजानन्द माण्डबले बताए ।

जुलुसमा निस्किएका युवाहरु युवाहरु खाली खुट्टा सालको पातले शरीरको तल्लो भाग ढाकेर हिँडेका थिए ।