३ साउन, काठमाडौं ।

राष्ट्रिय खेलकूद परिषदको आयोजनामा आइसीसी वुमन्स वल्र्डकप क्वालिफायरका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली छनौट गर्ने भएको छ ।

हङकङमा हुने खेलका लागि यहि साउन ८ देखि ११ गतेसम्म छनौट प्रतियोगिता हुन लागेको हो । त्रि.वि क्रिकेट मैदान किर्तिपुरमा हुने ‘महिला राष्ट्रिय छनौट प्रतियोगिता’ टि–२० फम्र्याटमा संचालन हुनेछ ।

प्रतियोगितामा पाँच बिकास क्षेत्र र सशस्त्र प्रहरी बलको महिला टोली सहित ६ टिमले सहभागिता जनाउने छन् । राष्ट्रिय प्रतियोगिताका लागि गएको असार २८ गते २२ वटा जिल्लामा र असार ३० र ३१ गते क्षेत्रिय टोलीको छनोट पाँचै बिकास क्षेत्रको क्षेत्रिय खृलकूद बिकास समितिको आयोजनामा सम्पन्न भई खेलाडी छनौट भइसकेको छ । सिनियर महिला क्रिकेटको ईतिहासमै पहिलो पटक बिजेता टिमलाई रु १,००,०००÷– र उपबिजेतालाई रु ५०,०००÷– सहित सिल्ड र मेडल प्रदान गरिनेछ ।