१७ चैत, ललितपुर ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रिय स्वानिधताको रक्षाका लागी एमालेले कुनै सम्झौता नगर्ने स्पष्ट पारेका छन ।

एमाले स्कुल बिभागले बिहीबार ललितपुरमा गरेको कार्यक्रममा उनले राष्ट्रिय हितलाई मध्यनजर गर्दे अन्तराष्ट्रिय सम्बन्ध स्थापित गर्नुपर्ने समेत उल्लेख गरे । अहिले संबिधान संसोधनका केहि बिषयलाई दलहरुले बाहिरबाट बोकेर ल्याएको आरोप पनि लगाए ।

निर्वाचनका लागि एमाले तयार रहेको भन्दै उनले आगामी निर्वाचनमा बहुमत हासिल गर्ने बिश्वास पनि व्यक्त गरे ।

उनले लोकतन्त्रको मुल्यमान्यता अनसार नै दलहरु अघि बढ्नुपर्ने धारणा पनि राखे ।