२५ मंसिर, काठमाडौं ।

नेपाल टेलिकमले पछिल्लो समय रिचार्ज नभएर भैरहेको समस्याको मुख्य कारण ५० रुपैयाँको रिचार्जकार्डको अत्याधिक प्रयोगमा हुनु रहेको जनाएको छ ।

टेलिकमले यो समस्या समाधानका लागि काम गरिरहेको र छिट्टै समाधान हुने अपेक्षा पनि गरेको छ ।

पढ्नुस् टेलिकमको सूचनाः

नेपाल टेलिकमको रिचार्ज कार्डमार्फत तुरुन्त रिचार्ज नहुने र लामो समयको प्रयास पश्चात् मात्र रिचार्ज हुने गरेको गुनासो विभिन्न माध्यमबाट आएको पाइएको छ ।
नेपाल टेलिकमले केही समय अघि मात्र सानो Denomination को रु. ५०।– को रिचार्ज कार्ड बजारमा ल्याएको थियो । ग्राहकहरुले अन्य Denomination (जस्तै रु. १००।–, २००।–, ५००।– र १०००।–) को भन्दा रु. ५०।– को रिचार्ज कार्ड धेरै प्रयोगमा ल्याएको पाइयो ।

साथै गत कात्तिक २२ देखि कम्पनीले Small Data Package पनि संचालनमा ल्याएको थियो । यसले गर्दा पनि रु. ५०।– को रिचार्ज कार्ड अत्यधिक मात्रामा प्रयोगमा आएको पाइएको छ । यस कारण सानो Denomination (रु. ५०।–) को रिचार्ज कार्डको अत्यधिक माग भएकोले Recharge System मा Congestion भई समयमा रिचार्ज हुन समस्या देखिएको हो ।

कम्पनीले उपरोक्त समस्याको समाधानका लागि Recharge System को क्षमता अभिबृद्धि गर्ने कार्य मध्ये अधिकांश कार्य सम्पन्न गरिसकेको र रु. १००।– वा सो भन्दा बढी Denomination को रिचार्ज कार्डको Supply मा समेत बृद्धि गरिएकोले हाल रिचार्ज कार्य धेरै मात्रामा सहज भइसकेको जानकारी गराउन चाहन्छौँ ।