२४ जेठ, रुकुम । स्थानीय तहको चुनाव बिथोल्न खोजेको आरोपमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी रुकुमका १९ जनालाई रिहा गरेलगत्तै आज फेरि पक्राउ गरिएको छ ।

वैशाख १९ गते पक्राउ परेका नेकपाका जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढासहित १९ जनालाई जिल्ला प्रशासन कार्यालयले धरौटीमा रिहा गरे पनि उनीहरुलाई फेरि प्रहरीले पक्राउ गरेको हो ।

दोस्रो चरणको स्थानीय तहको निर्वाचन बिथोल्न सक्ने भएकाले पक्राउ गरेको प्रहरी निरीक्षक थम्मनबहादुर रजालीले जानकारी दिए । दोस्रो चरणको निर्वाचन नसकिँदै रिहा भए फेरि पक्राउ गर्ने भनिएपछि उनीहरु दोस्रो चरणको निर्वाचन सम्पन्न नहुँदासम्म हिरासतमै रहने भएका छन् । “उनीहरु धरौटीमा रिहा भएका थिए प्रहरी निरीक्षक रजालीले भने, “तर दोस्रो चरणको निर्वाचनमा पनि उनीहरुले असर पु-याउनसक्ने अनुमान गरिएकाले फेरि पक्राउ गरिएको हो ।”

आगामी असार १४ गते हुने स्थानीय तह निर्वाचनको सुरक्षा चुनौती बिप्लव माओवादीलाई लिएको प्रहरीले उनीहरुको गतिविधिप्रति निगरानी बढाइरहेको छ । रासस