८ फागुन, रुपन्देही।

रुपन्देहीको मर्चावार क्षेत्रको ओडबलीया चौराहामा प्रहरीको गोलीलागी एक प्रर्दशनकारी घाइते भएका छन ।

सिके राउत समर्थकहरुले प्रहरी कार्यालयमा आक्रमण गरेपछि स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको जनाएको छ ।

गोलीलागी अन्य १५ जना घाइते भएका छन् । गोलीलागी घाइते हुनेको सनाखत हुन सकेको छैन भने अवस्था गम्भीर रहेको बुझिएको छ ।

सिके राउत सर्मथकले हिजो दिनभर प्रर्दशन गर्नुका साथै एक ट्रकमा आगजनी गरेका थिए ।

अपडेट : रुपन्देहीमा सिके राउतका समर्थकले प्रहरीको हतियार लुटे