५ कात्तिक, काठमाडौं ।

आफ्नै पार्टीको प्रस्तावमा अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध संसदमा दर्ता गराएको महाअभियोग प्रस्तावको विपक्षमा उँभिएको भन्दै हंगामा भएपछि माओवादी केन्द्रकी सांसद रुपा महर्जनले आफू लोकमानको पक्षमा नरहेको स्पष्टिकरण दिएकी छिन् ।

लोकमान प्रकरणः अन्तिम समयमा ओलीले पनि बदले निर्णय

पार्टीले आफूलाई झुक्याएर महाअभियोगमा हस्ताक्षर गराइएको भन्दै फेसबुकमा स्ट्याटस लेखेर हस्ताक्षर गराउनेलाई नै कारवाहीको माग समेत गरेकी रुपाले पुराना स्ट्याटस मेटेर नयाँ स्ट्यास लेखेकी हुन् ।

samsad-rupa-maharjan

रुपाले आफू लोकमानको पक्षमा नरहेको र हस्ताक्षर संकलन गर्दा झुक्काइएको प्रति मात्र आफ्नो आपत्ति रहेको स्पष्टिकरण दिएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा पुराना स्टाटस मेटाएर नयाँ स्ट्याटस राख्दै उनले भनेकी छिन्,”मेरो विषयमा मिडीयामा जुन ढंगको प्रचार आयो त्यो विलकुल गलत हो । लोकमानको पक्षमा म छुइन । प्रक्रिया गलत भयो । सायद जानकारी भएको भए महाअभियोगको पक्षमा मेरो हस्ताक्षर पहिलो हुने थियो । तर, विधी नमिलाइ चालिएको कदमप्रतिको मेरो आपत्ती हो । Any way, हस्ताक्षरको सदुपयोग र अभियान सफल पार्न तिर लाग्ने नै त होला नि” ।

rupa-maharjan-facebook-status-1

महर्जन समानुपातिक कोटाबाट सांसद बनेकी हुन् । उनले यस अघीको फेसबुक स्ट्याटसमा अहिलेको घटनाक्रमलाई पूर्वप्रधानसेनापति रुक्मांगत कटुवाल प्रकरणसँग तुलना गरेकी थिइन् । आफ्नो पार्टी नेतृत्वलाई कच्चा भन्दै उनले फेसबुकमा लेखेकी थिइन् ‘कच्चा खेल, कहिले कटवाल कहिले लोकमान ।’

दिल निशानी मगरः लोकमान सिंह कार्कीको आत्मकथा भाग- १

बुधबार माओवादी सांसद एवम् पूर्वलडाकु कमाण्डर महेन्द्रबहादुर शाही प्रस्तावक र एमाले प्रमुख सचेतक भानुभक्त ढकाल समर्थक रहेको महाअभियोग प्रस्ताव हिजो संसद सचिवालयमा दर्ता भएको थियो ।

प्रस्तावमा दुबै पार्टीका १ सय ५७ सांसदले हस्ताक्षर गरेका छन् । तर, सो हस्ताक्षर दुरुपयोग गरेर अपराध गरेको आरोप माओवादी सांसद महर्जनले लगाएकी थिइन् ।

rupa-maharjan-status-about-lokman

रुपाले पार्टी नेतृत्वलाई चुनौती दिएर लोकमानको पक्ष लिएको भन्दै उनको विषयमा मिडियामा हेडलाइन बनेका थिए ।

लोकमानको विरोध गर्दा गगन र विश्वप्रकाशले पार्टी भित्रै भेटे भयंकर डाइलग