४ भदौ, एजेन्सी।

अमेरिकी राष्ट्रपति चुनावका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पका चुनावी प्रचार अभियानका प्रमुख पउल मानाफोर्टले राजिनामा दिएका छन् ।Paul Manafort

विवादास्पद अभिव्यक्तिका कारण ट्रम्पको चुनावी अभियान प्रभावित भएको बेला प्रचार प्रमुखको राजिनामा पनि आएको हो । तर मानाफोर्टले ट्रम्पको प्रचार अभियान प्रमुखबाट किन राजिनामा दिए भन्ने खुलेको छैन ।

यो पढ्नुस: राष्ट्रपति चुनाव अगावै ट्रम्पलाई गोप्य सूचना!

मानाफोर्टमाथि रुसी हितको पक्षमा रहेको तथा युक्रेनका पूर्व राष्ट्रपति भिक्टर यानुभोविचसँग नजिक रहेको आरोप छ ।

मानाफोर्टले भने ति सबै आरोप अस्वीकार गर्दै आएका छन् । पउल दुई महिना अघि ट्रम्पका चुनावी प्रचार अभियान प्रमुख नियुक्त भएका थिए ।