एजेन्सी । रसियाको सुपरसोनिक लडाकु विमान दुर्घटना भएको छ । सु- २४ विमान सिरियाको एयरबेसमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि चालकदलका दुबै सदस्यको मृत्यु भएको रुसी रक्षा मन्त्रालयलाई उद्यृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् । विमानका प्राविधिक त्रुटी आएकाले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

रुसले आइएसविरुद्धको कारवाहीका लागि सिरियामा सन् २०१५ देखि अभियान सुरु गरेको हो । पछिल्लो समय रुसले हवाइ आक्रमण तिब्र पारेको छ । प्रतिदिन १ सय ५० वटा सम्म हवाइ आक्रमण हुने गरेको समाचारमा उल्लेख छ ।