१८ अोसज, एजेन्सी।
रुसले अस्त्र बनाउन सकिने गुणस्तरको प्लुटोनियम नष्ट गर्ने बारे संयुक्त राज्य अमेरिकासंग भएको सम्झौता निलम्बन गरेको छ । अमेरिकीहरुले गरेका अमैत्रीपूर्ण व्यवहारको बदलामा सम्झौता निलम्बन गरिएको रुसले जनाएको छ ।Putin-Obama

सन् २००० मा भ्लादिमिर पुटिन सत्तामा आएको केहि महिनापछि नै अमेरिका र रुसले अस्त्र गुणस्तरको ३४ टन प्लुटोनियम नष्ट गर्ने प्रतिबद्धता जनाएका थिए ।

तर राष्ट्रपति पुटिनले अचानक सम्झौता स्थगित भएको घोषणा गरेका हुन् ।

पुटिनले अध्यादेश जारी गर्दै संयुक्त राज्य अमेरिकाले रुस विरुद्ध अमैत्रीपूर्ण कदमहरु चालेको र त्यसबाट रुसको रणनीतिक स्थीरतालाई जोखिम पुगेको दोष लगाएका छन् ।

उनले रुसले आफ्नो सुरक्षालाई ध्यानमा राख्दै जरुरी कदम चालेको पनि उल्लेख गरेका छन् । राष्ट्रपतिय अध्यादेशमा अमेरिकाले बढी भएको अस्त्र गुणस्तरको प्लुटोनियमको सदुपयोग गर्ने आफ्नो दायित्व लागु गर्न असफल भएको आरोप पनि लगाएका छन् ।