९ मंसिर, एजेन्सी ।

टर्कीले आफ्नो लडाकु विमान गोली हानेर खसालेपछि क्रुद्ध बनेको रुसले युद्ध शुरु हुने संकेत गरेको छ ।

उत्तर एट्लान्टिक सन्धी संगठन नेटो सदस्य राष्ट्र समेत रहेको टर्कीले आफ्नो लडाकु विमान खसालेपछि रुस क्रुद्ध भएर युद्धको संकेत गरेको हो ।

मस्को निकट विज्ञहरुले युद्ध शुरु हुन सक्ने सम्भावना बढेको स्वीकार गरेका छन् । टर्कीले आफ्नो विमान खसालेपछि रुसले यस अघि नै गम्भिर परिणाम भोग्ने चेतावनी दिएको थियो ।

Russian plane shot down 1
टर्कीले खसालेको विमानमा रहेका २ पाइलटलाई सिरियाली विद्रोहीहरुले गोली हानेर मारेको बताइएको छ । रुसी अधिकारीहरुले उद्दारका लागि गएको अर्को हेलिकोप्टरलाई समेत एन्टी ट्याङ्क मिसाइल प्रहार गरिएको बताएका छन् ।

नोस्ट्राडामसको भविष्यवाणी मिल्दैः यसै वर्ष तेश्रो विश्व युद्ध शुरु हुने ? (भिडियो सहित)

रुस क्रुद्ध भएपछि अन्तराष्ट्रियरुपमा युद्ध बारेका अनेक अनुमान शुरु भएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीले आफ्नो विमान खसालेको घटनालाई पिठ्यूँमा छुरी रोपिएको घटनासँग तुलना गरेका छन् ।

Russian plane shot down 2

यो घटनापछि रुसले टर्कीसँगको सैनिक सम्बन्ध अत्त्य गरको छ भने भूमध्य सागरमा युद्धपोत तैनाथ गरेको छ । सिरियाको आकाशमा तैनाथ भएका रुसी बम्बर विमानसँगै फाइटर जेट विमान पनि उड्न थालेका छन् ।

बेलायतको पनि चेतावनीः ‌ओबामाको समर्थन

रुसले गर्ने कुनै पनि प्रकारको प्रतिशोधी आक्रमणमा टर्कीलाई साथ दिने घोषणा बेलायतले गरिसकेको छ । बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले तनाव घटाउनु पर्ने बताउँदै रुसले प्रत्याक्रमण गरेमा टर्कीलाई साथ दिने बताइसकेका छन् ।

Russian plane shot down

त्यसैगरी अमेरिकी राष्ट्रपति बराक ओबामाले पनि टर्कीका प्रधानमन्त्री रिसेप टाइप एर्दोगानलाई फोन गरेर सहयोगको बचन दिएका छन् । टर्कीको सार्वभौमिकता रक्षका लागि अमेरिका जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको ओबामाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

agnela with obama and cameron

हिँजो रुसले आफ्ना एक पाइलटको मात्र मृत्यु भएको बताएको थियो । तर अन्य २ हेलिकोप्टरमाथि पनि मिसाइलबाट आक्रमण भएको भिडियो सार्वजनिक भएको छ ।

टर्कीले भन्यो- नचिनेर विमानमा हानेको हो

टर्कीले रुसको विमान भन्ने प्रष्ट नभएका कारण विमान खसालिएको स्पष्टिकरण राष्ट्रसंघीय सुरक्षा परिषादलाई दिएको छ । विमान रुसको भन्ने स्पष्ट नभइकन आक्रमण भएको टर्कीको भनाइ छ । तर बेलायती पत्रिका मिररले भने रुसी  विमान केवल २-३  सेकेण्डका लागि मात्र टर्कीको आकाशमा प्रवेश गरेको र बाहिरै भएको समयमा गोली हानिएको खुलासा गरेको छ ।

russian plane attacked (4)
अमेरिका, बेलायत तथा फ्रान्सले सिरियामा इस्लामिक स्टेट विरुद्ध आक्रमण गरिरहेका छन् भने उता रुसले भने राष्ट्रपति असाद विरोधी लडाकुलाई निसाना बनाइरहेको छ । रुसबिना आइएससँग लड्न नसकिने र सिरिया समस्या समाधान गर्न नसकिने भन्दै कतिपय युरोपेली राष्ट्र रुसको साथ लिन चाहन्छन् । तर बेलायत र अमेरिका यसको पक्षमा देखिएका छैनन् ।

यसकै विषयमा रुसले युरोपमा विभाजन ल्याउने र अमेरिकालाई पनि साइजमा ल्याउन खोजिरहेको छ ।

तेश्रो विश्व युद्धको घोषणा !

सिरियाकै आकाशबाट विश्व युद्धको शुरुवात हुन सक्ने अनुमान समेत कतिपय विश्लेषकहरुले गरेका छन् ।