६ जेठ, काठमाडौं ।
जनताबाट अनुमोदित भएर राजनीति गर्ने प्रयासस्वरुप जनअनुमोदित हुन खोज्दा पनि एमालेजनले रेणु दाहालको उछित्तो काट्न थालेपछि सामाजिक सञ्जालमा उनीप्रति सम्मान व्यक्त गर्न थालिएको छ ।

रेणु प्रचण्डपुत्रीका रुपमा मात्र नभई राजनीतिमा निरन्तर सक्रिय रहँदै आएकी र जनअनुमोदित हुन खोज्दा पनि उनको उछित्तो काटिएको भन्दै सामाजिक सञ्जालमा रेणुप्रति सम्मान व्यक्त हुन थालेको हो ।

पहुँचका आधारमा ठूलै पद पाउन सक्ने अवस्थामा भए पनि जनताबाट अनुमोदित हुनैका लागि गत संविधानसभा निर्वाचन र अहिले भरतपुर महानगरमा प्रमुखमा उठ्दा उनलाई प्रचण्डपुत्री मात्रै भनेर आक्रोस पोखिएपछि सामाजिक सञ्जालका प्रयोगकर्ता तथा पत्रकारहरुले उनीप्रति सम्मान व्यक्त गरका छन् ।

रेणुको सम्मानमा कसले के लेखे ?