६ चैत, नयाँ दिल्ली ।

उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा शुक्रबार बिहान भएको एक रेल दुर्घटनामा परी कम्तीमा ३० व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनामा परी ५० भन्दा बढी व्यक्ति घाइते भएका एकजना वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

India train crash 1

घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर भएको हुनाले मृतकको सङ्ख्या बढ्नसक्ने पनि प्रहरीले अनुमान गरेका छन् । सो दुर्घटनामा परी ज्यान जानेमा केही बालबालिका पनि परेका जनाइएको छ ।

देहरादुन–बारानासी जनता एक्प्रेस नामक सो रेलका दुई वटा डिब्बा पटरीबाट छुट्टिएपछि सो दुर्घटना भएको स्नाथीय टेलिभिजन च्यानल टाइम्स नाउले जानकारी दिएको छ ।

रेलवे अधिकारीहरु दुर्घटनास्थल पुगेका र उद्धारलयागतको सहायताको कार्य जारी रहेको जानकारी दिइएको छ । भारतको रेल एक प्रमुख सवारीसाधनको रुपमा रहेको र हरेक दिन लाखौँ व्यक्तिले रेलमा यात्रा गर्ने हुनाले रेल दुर्घटना भइरहने पाइन्छ ।

गत महिनामा पनि दक्षिणी भारतमा भएको एक यात्रुबाहक रेल दुर्घटनामा परी कम्तीमा १० व्यक्तिको मृत्यु भएको थियो ।
यसैबीच रेल दुर्घटनामा परी मृत्यु हुने व्यक्तिका परिवारलाई प्रति व्यक्ति दुई लाख भारतीय रुपैयाँ दिइने रेलवे अधिकारीहरुले घोषणा गरेका छन् । रासस÷सिन्ह्वा