६ असार, काठमाडौं । गुल्मीको रेसुंगा नगरपालिकामा राप्रपा र नयाँ शक्तिले नेकपा एमालेका उमेद्बारलाई समर्थ गर्दै प्रमुख पदबाट उमेद्बारी फिर्ता लिएका छन् ।

एमालेका उमेद्बार डिल्लीराज भुसाललाइ समर्थन गर्दै नयाँ शक्ति नेपालका प्रमुख पदका उम्मेद्वार पदमबहादुर खत्री र राप्रपाको उम्मेदवार निर्मला पाण्डेले उम्मेदवारी फिर्ता लिएका हुन् ।

दुवै उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिँदै एमालेको तर्फबाट प्रमुख पदका उम्मेदवार भुसाललाई समर्थन गर्ने जनाएका छन् । उनीहरुले नगरका उपप्रमुख र वडाहरुमा भने आफ्ना उम्मेदवारहरुले चुनावमा भाग लिने जनाएका छन्।