काठमाडौं, ९ चैत । श्रम तथा रोजगार मन्त्रालयले माग गरेको रोजगार संयोजकको रिक्त पदमा झण्डै १० हजारको आवेदन परेको छ ।

आवेदन दिने अन्तिम म्याद शनिबार साँझ ५ बजेसम्म ९ हजार ८ सय ७४ जनाको दरखास्त परेको हो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्थानीय तहमा सञ्चालन हुने रोजगार सेवा केन्द्रमा रही कामकाज गर्नेगरी यसअघि ७ सय ५३ जना माग गरिएकोमा सबै पद पूर्ती हुन नसकेपछि फेरि आवेदन माग गरिएको हो । पूर्ण विवरण हेर्नुहोस् मन्त्रालयले जारी गरेको विज्ञप्तीमा :