१७ पुस, एजेन्सी।

नाना पाटेकर बलिउडका सबैभन्दा पोख्त र निखारिएका मानिने कलाकार आज ६६ बर्ष पुगे । सन् १९५१ जनवारी मा जन्मिएका नाना पाटेकर ‘रियल लाइफ हिरो’ मानिन्छन् । जान्नुहोस्, नाना पाटेकरको बारेमा थाहा नभएका केही जानकारी ।nanapatekar

नाना पाटेकरले एक सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिने क्रममा आफू कालो भएकै कारण बाल्यकालदेखि नै विभिन्न चुनौती सामना गर्नु परेको बताएका छन् । उनले ९ बर्षको हुँदादेखि काम गर्न थाले, जसमा उनलाई ६५ रुपैयाँ र एक छाक खाना दिइएको थियो ।

नानाले दैनिक ८ किलोमिटर हिँडेर पहिलो जागिर गरेका थिए । मुम्बईमा रहेको उनको घर त्यो समयमा १ लाख १० हजार भारुमा किनेका थिए, अहिले त्यस घरको मूल्य ३.५० करोड छ । नाना अहिले आफ्नी आमासँग बस्दै आएका छन् । उनलाई मुम्बई शहरभन्दा आफ्नो गाउँ गोवा मन पर्छ ।

नानाले कलाकार नीलकान्तिसँग विवाह गरे, विवाह जम्मा ७५० भारुमा भएको उनको थियो । यद्यपी, हिजोआज उनी आफ्नो श्रीमतीबाट बेग्लै बस्छन् । सुरुवातमा नाना एक ‘थिएटर एक्टर’ थिए र उनलाई ‘गमन’ नाम फिल्ममा पहिलो पटक ‘कास्ट’ गरिएको थियो ।

‘परिन्दा’ फिल्ममा काम गर्दा आगोले उनी पुरै जलेका थिए । उनका अनुसार, काम गरेका प्रत्येक फिल्ममा उनी एक पटक झगडा गरेकै हुन्थे, त्यसैले उनको सम्झौता पत्रमा एक पटक झगडा गर्न पाउने पनि लेखिएको हुन्छ ।

‘पुरुष’ नामक एक शोमा नानाले बलात्कार गरेको अभिनयमा पनि दर्शकले ताली बजाइरहेका थिए, यस्तो असामाजिक काममा पनि ताली मिलेका कारण उनले शो नै छोडे ।

नाना पाटेकर एक पोख्त ‘स्केच आर्टिस्ट’ पनि हुन् । फिल्ममा आउनुअघि उनले जेब्रा क्रसिङ रंगाउने काम पनि गरे । उनी आफ्ना फिल्म हेर्न हल कहिल्यै जाँदैनन्, पछि टिभिमा आएपछि बल्ल हेर्छन् ।