१५ असार, रोल्पा ।

बहुचर्चिक रोल्पाको थवाङबाट नेकपा माओवादी केन्द्रले जितको खाता खोलेको छ । थवाङ वडा नम्बर ५ बाट माओवादी केन्द्रको प्यानल नै विजयी भएको हो ।

वडा अध्यक्षमा माओवादी केन्द्रका गोवर्धन घर्ती २८७ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवारले १७१ र नेकपा एमालेका उम्मेदवारले १०७ मत प्राप्त गरे ।

त्यस्तै थवाङ गाउँ पालिकाको अध्यक्ष र उपाध्यक्षमा पनि माओवादी केन्द्रका उम्मेदवार अघि छन् । अध्यक्षमा माओवादी उम्मेदवारले २८५, उपाध्यक्षका उम्मेदवारले २८३ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेत्र विक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसका संयुक्त उम्मेदवारले अध्यक्षमा १३३ र उपाध्यक्षमा २१० मत प्राप्त गरेका छन् ।