८ कात्तिक, एजेन्सी । कहिले कहिले लाइभ रिर्पोटिङको दौरान यस्ता घटनाहरु पनि हुन्छन्, जुन चर्चाको विषय बन्ने गर्छ । यस्तै एक घटनाको विषयमा अहिले चर्चा भइरहेको छ ।

खेल संवाददाता एरिन केट डोलनलाई एक फ्यानले चुम्बन गर्ने प्रयास गरेका छन् । खासमा पाइन्टबेट स्पोस्र्ट्सबुककी संवाददाता डोलनलाई खेल शुरु हुनुभन्दा अघि अन्तर्वार्ता लिइरहेको अवस्थामा उनका फ्यानले चुम्बन गरेका छन् । त्यो अन्तर्वार्ता टेलिभिजनमा प्रत्यक्ष प्रसारण भइरहेको थियो ।

यसको भिडियो डोनलले आफैँले ट्वीटरमा पोस्ट गरेकी छन् । भिडियोले अहिले सामाजिक सञ्जालमा ब्यापक चर्चा पाइरहेको छ । उनले ठ्याक्कै त्यो समय एकदमै दुःखदायी भएको बताएकी छन् । आफूलाई यस्तो परिस्थितिको पहिलोपटक सामना गर्नपरेको समेत उल्लेख गरेकी छन् ।