१३ मंसिर, वासिङ्टन ।

अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा विजय हासिल गर्नुभएका डोनाल्ड ट्रम्पले थप प्रमाण नदिइकनै आइतबार निर्वाचनमा मतदाताबाट गम्भीर जालसाजी भएको र लाखौँ व्यक्तिले गैरकानुनी रूपमा मतदान गरेको दाबी गरेका छन् । उनले आफ्ना भनाइ प्रमाण नदिइकनै ट्विटरमा व्यक्त गरेका हुन् ।

एउटा गाउँ- जहाँ हरेक ब्यक्ति करोडपति (फिचर)

ह्वाइट हाउसतर्फको मार्गमा सबैलाई चकित बनाउँदै प्रवेश गर्नुभएका ट्रम्पले डेमोक्र्याटिक पार्टीका प्रतिद्वन्द्व हिलारी क्लिन्टनभन्दा कम लोकप्रिय मत प्राप्त गरेका छन् ।

trump-phone

क्लिन्टनले ट्रम्पको भन्दा २२ लाख बढी मत प्राप्त गरे पनि ट्रम्पले इलेक्टोरल कलेजमा बढी मत प्राप्त गरेका छन् र यसैका आधारमा अमेरिकामा राष्ट्रपति पदको निर्वाचन निर्धारण हुन्छ ।

रिपब्लिकन पार्टीका अरबपति ट्रम्पको पछिल्लो भनाइमा लाखौँ व्यक्तिले गैरकानुनी रूपमा मतदान नगरेको भए आफूले लोकप्रिय मत पनि बढी प्राप्त गर्ने दाबी गरिएको छ । विसकनसिन राज्यमा पुनः मतगणना हुनेतर्फ पाइला अगाडि बढेको अवस्थामा ट्रम्पको भनाइ आएको हो । उक्त राज्यमा ट्रम्पले विजय हासिल गरेका छन् ।

पुनः मतगणनाको कार्य हुननदिन ट्रम्प तथा उनका सहयोगीहरूले कडा प्रयास गरेका छन् र उनले यसघि क्लिन्टनले निर्वाचन प्रक्रियालाई सम्मान गर्नुपर्ने भनी अनेकौँ ट्विट गरेको थियो ।

ट्रम्पको भन्दा हिलारीको भोट बढी, २० लाखको अग्रता

निर्वाचन अगाडि ट्रम्पले निर्वाचनको नतिजामा धाँधली हुने चेतावनी दिएका थिए भने नोभेम्बर महिनामा अनपेक्षित रूपमा विजय हासिल गरेपछि उनले त्यस्तो कुनै गुनासो गरेका छैनन् ।

ट्रम्पले ट्विटमा भर्जिनिया, न्यु ह्याम्पसर र क्यालिफोर्नियामा पनि गम्भीर जालसाँजी भएको र आमसञ्चारले यस्तो समाचार नदिएको भनी आरोप लगाएका छन् ।

राष्ट्रपति नहुँदै यस्तो निजी जेट चढ्छन् डोनाल्ड ट्रम्प (फोटो फिचर)

कुनै पनि निर्वाचन सुपरिवेक्षकले व्यापक जालसाजी भएको टिप्पणी गरेका छैनन । रासस/एएफपी