काठमाडौं ।

एमाओवादी महासचिव कृष्ण बहादुर महराले पार्टीको नेतृत्व गर्दै सरकारमा जाने निर्णय भैसकेको भएपनि पार्टी भित्र घिनलाग्दा खेल शुरु भएको भन्दै आफू मन्त्री बन्ने रेसमा नरहेको जानकारी अध्यक्ष प्रचण्डलाई गराएका छन् ।

बाहिरै बसेर पार्टी र सरकार हल्लाउने बाबुरामको रणनीति !

महरा उपप्रधान तथा गृहमन्त्री सहित पार्टीको नेतृत्व गर्दै सरकारमा जाने टुङ्गो लागिसकेको समयमा उनको विरुद्ध विभिन्न खेलभएपछि आफू यो रेसमा नरहेको घोषणा उनले गरेका हुन् । मन्त्री माग्दै विभिन्न नेताका विभिन्न धम्की खेपिरहेका पार्टी अध्यक्ष प्रचण्डलाई आफूले कुनै दावी नगर्ने जानकारी गराउँदै महराले अनुकुल निर्णय लिन आग्रह गरेको लाजिम्पाट श्रोतले पुष्टी गरेको छ । महरा निकट एक नेताले हेडलाइन्सँग भने ‘उहाँलाई एमाले देखि पार्टी अध्यक्ष सम्मले सर्वस्वीकार्यरुपमा सरकारमा नेतृत्वसहित पठाउन खोज्दा पार्टी भित्र घेरा बन्दी गर्न खोजिएपछि उहाँले पार्टीभित्र असन्तुष्टि पैदा गरेर सरकारमा जाँदिन भन्नु भयो ।’

prachanda and mahara

जनयुद्ध कालमा पटक पटक माओवादी वार्तामा आउदा महराले नै वार्ताका लागि माओवादीका तर्फबाट सहजकर्ता र वार्ता टोलीको नेताका रुपमा काम गर्दै आएका थिए । पार्टीमा अध्यक्ष प्रचण्डका निकट सहयोगी मानिने महरा संतुलित नेतृत्व क्षमता देखाउने नेताका रुपमा परिचित छन । महराले यस अघि संचार मन्त्री,गृहमन्त्री, उपप्रधानमन्त्रीको अनुभव संहाली सकेका छन् ।

महराले सभामुख अस्वीकार गरे, पार्टी भित्रैबाटै महराविरुद्ध षडयन्त्र

महरा कम बोल्ने र सबैलाई मिलाएर जाने मध्यमार्गी माओवादी नेता मानिन्छन् । तर पार्टी महासचिव बन्ने देखि अहिले सरकारमा नेतृत्व गर्ने सम्मका कुरामा महराले आफ्नै भनिनेहरुबाट सबैभन्दा बढी विरोध खेपेको बताइन्छ । उता सरकारको नेतृत्व गरेका केपी शर्मा ओलीले भने प्रचण्डलाई फोन गरेर पार्टीबाट महराको नेतृत्वमा सरकारमा पठाए आफूलाई सहज हुने भन्दै महरालाई पठाउन निरन्तर दवाव दिएको बताइएको छ ।

लाजिम्पाटमा गृहमन्त्री माग्नेको लर्को- प्रचण्डलाई अनेक धम्की

पार्टीको भागमा गृहसहित ८ मन्त्रालय परेको सार्वजनिक भए लगत्तै एमाओवादीमा सरकारमा पार्टीको नेतृत्व गर्न र महत्वपूर्ण मन्त्रालय हात पार्न खतरनाक खेल भैरहेको बताइन्छ । सरकार बनाउन महत्वपूर्ण भूमिका खेलेका अध्यक्ष प्रचण्डलाई पार्टी भित्रैबाट डरलाग्दा धम्की आउन थालेको समेत श्रोतले बताएको छ । गृहमन्त्रालयमा दावी गर्दै टोप बहादुर रायमाझी, जनार्दन शर्मा, शक्ति बस्नेत र अग्नि सापकोटा सम्मले प्रचण्डलाई डेलिगेसन सहित भेट गरिसकेका छन् । प्रचण्डले भने आफ्ना विश्वास पात्र महरालाई गृहमन्त्रालय सहितको जिम्मेवारीमा पठाउन चाहेपनि अन्य नेता तथा विभिन्न तहबाट भएको अदृष्य चलखेलका कारण विलखबन्दमा पुगेका छन् ।

lajimpat

एमाओवादीमा सबैभन्दा ठूलो लडाइ नै गृहमन्त्रालयमा देखिएको र अन्य मन्त्रालयमा नेताहरुले चासो नदेखाएको लाजिम्पाट निकट एक नेताले हेडलाइन्सलाई बताए । नाम उल्लेख नगर्ने शर्तमा उनले दिएको जानकारी अनुसार पूर्व लडाकु कमाण्डर समेत रहेर शान्ति मन्त्री बनिसकेका जनार्दन शर्मा पूर्व लडाकु कमाण्डर सहित ४०-५० जनाको जम्बो टोली नै लिएर लाजिम्पाट पुगेका थिए । उनीसहित गएका पूर्व लडाकु कमाण्डरहरुले जनार्दन शर्मालाई गृहमन्त्री दिनु पर्ने अन्यथा जे पनि हुन सक्ने भनेर प्रचण्डलाई ठाडो चेतावनी दिएको बताइएको छ ।

janardhan sharma

त्यस्तै प्रचण्ड निकट मानिने शक्ति बस्नेत पनि गृहमा आकाक्षी देखिएका छन् । उनी पनि प्रतिनिधि मण्डल सहित लाजिम्पाट पुगेका थिए । त्यसैगरी प्रचण्ड निकट मानिने अर्का नेता अग्नि सापकोटाले पनि गृहमा आफ्नो दावेदारी प्रस्तुत गरेका छन् । अग्नि पनि गृहमन्त्रालय दावी गर्न लाजिम्पाट पुगेको बताइएको छ ।

रायमाझीको अर्कै खेल
बाबुरामका आफ्ना मान्छे मानिएका टोपबहादुर रायमाझीले आफूले सरकारमा पार्टीको नेतृत्व गर्दै उपप्रधान तथा गृहमन्त्री दावी गरेपछि प्रचण्डलाई झनै तनाव भएको छ । आलो पालो गृहमन्त्रालय लिन भन्दै प्रचण्डले शुरुमा महरालाइ दिने भनेर राखेको प्रस्ताव पनि रायमाझीले ठाडै अस्वीकार गरिदिएका छन् । बाबुरामले पार्टी छोडेपछि बाबुराम पक्षीय गुटको नेतृत्व गरिरहेका रायमाझीलाई मन्त्रालय दिँदा पार्टी बलियो हुने र संगठनमा फाइदा पुग्ने हो भने आफू गृहमन्त्रालय नलिन तयार रहेको महराले यस अघि नै बताएका थिए ।

top-bahadur rayamajhi

सरकारमा गएपछि पार्टी भित्र आफू निकट नेताहरुले नै देखाएको ब्यवहारबाट भने प्रचण्ड निराश बनेको बताइएको छ । नेताहरु अर्को नेताविरुद्ध लविङ गर्न र हैसियत नभएका ब्यक्ति समेत शक्तिशाली मन्त्रालय माग्न आउन थालेपछि प्रचण्डलाई तनाव भएको हो ।