लामखुट्टेसंग दर्जनौं रोग फैलाउने जीवाणु तथा भाइरस हुन्छन्। गर्मी महिना बढेँसंगै लामखुट्टेको बिगबिगी पनि बढ्दै गएको छ।

यसै शिलशिलामा माइक्रोसफ्टले हालसालै एक प्रोजेक्टको सुरुवात गरेको छ जसको नाम ‘प्रोजेक्ट प्रिमोनिसन’ (Project Premonition) हो र यसको मूख्य उद्देश्य विभिन्न किसिमका भाइरसहरू पत्ता लगाएर मानिसलाई हानी हुन नदिनु हो। यो प्रोजेक्टको लागि माइक्रोसफ्टले ‘अनम्यान्ड एरियल भेहिकल’ (Unmanned Aerial Vehicle) हरूको समूह नै प्रयोग गर्ने भएका छन्।

1. microsoft drone

दुर्गम ठाउँ, जहाँ डेन्ग्यू र मलेरियाको बिगबिगी हुन्छ, त्यस्तो ठाउँमा यो ड्रोन प्रविधिको मद्दतले धेरै मानिसहरूको ज्यान बचाउन सकिन्छ। यसको मूख्यकमा लामखुट्टेलाई समातेर तिनीहरूले बोकेको किटाणुको अध्ययन गर्नु रहेको छ। यस प्रोजेक्टको मूख्य अनुसन्धानकर्ता ‘इथन ज्याक्सन’ले भने-“ती लामखुट्टेहरूलाई थोरै मेहेनत र खर्चमा नै समातेर अध्ययन गर्नु हाम्रो इच्छा हो।”

4. Ethan-Jackson-Project-Premonition

वैज्ञानिकहरूले रूखमा विभिन्न प्रकारले जाल थापेर लामखुट्टे समात्ने गर्थे, तर माइक्रोसफ्टको यो नयाँ प्रोजेक्टले उक्त प्रक्रियालाई अझ छिटो गतिमा लैजान मद्दत गर्नेछ। उक्त ड्रोनले छिटो र धेरै क्षेत्रफलमा फैलेर त्यहाँ भएका लामखुट्टेलाई समात्न सक्दछ। यसले गर्दा वैज्ञानिकहरूले पुरानो रोगहरूको अध्ययन गर्न मात्रै हैन, मानिसलाई लागिहाल्न नपाएको तर वातावरणमा छिरिसकेको किटाणुहरूको अध्ययन गर्न पनि मद्दत गर्ने माइक्रोसफ्टको दाबी रहेको छ। यसको लागि उनीहरूले एउटा सफ्टवेयरको निर्माण गर्दै छन् जसले लामखुट्टेमा भएको जिनेटिक डाटाहरूलाई छिटो र सहि ढङ्गले केलाएर वैज्ञानिकहरूलाई सजिलो अध्ययनको लागि मद्दत गर्दछ।

2. Project-Premonition-Ethan-Drone

यो सुन्दा त नौलो लागे पनि माइक्रोसफ्टले यो योजनाको परीक्षण पनि गरिसकेको छ। यहि वर्षको मार्च महिनामा उनीहरूले क्यारिबियनको ग्रेनाडा भन्ने ठाउँमा यसको परीक्षण गरेका थिए।उक्त परीक्षणको नतिजा गत हप्ता ‘माइक्रोसफ्ट इन्नोभेसन टेकफेयर’मा पनि देखाइएको थियो। अब आउने ५ वर्ष भित्र नै प्रोजेक्ट प्रिमोनिसनलाई यथार्थमा बदल्नको लागि माइक्रोसफ्ट कम्पनी लागिपर्ने बताइन्छ।

3. Project-Premonition-traps

यो ड्रोनले लामखुट्टेहरू कसरी समात्दोरहेछ त, भिडियो हेर्नुहोस्-