९ माघ, काठमाडौं । गण्डकी प्रदेशका सांसद दीपक मनाङ्गे भनिने राजीव गुरुङ पक्राउ परेका छन् । जिल्ला अदालत पोखराले पक्राउ पुर्जी जारी गरेपछि सांसद मनाङ्गे पोखराको लेकसाइडबाट पक्राउ गरिएको हो ।

बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा)कास्कीका अध्यक्ष मिलन गुरुङले दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएपछि उनी पक्राउ परेका हुन् । मनाङ्गेलाई पक्राउपछि म्याद थपको लागि अदालतमा पेश गरिने छ ।

जिल्ला प्रहरी कार्यालयमा राखिएका मनाङ्गेलाई प्रहरीको अनुसन्धानपछि कारवाहीको प्रक्रिया अघि बढाउने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए ।