१७ मंसिर, डडेलधुरा । नेपाली काँग्रेसका सभापति एंव प्रधानमन्त्री शेरवहादुर देउवाले लोकतन्त्र बचाउन बाम गठवन्धनलाई निर्वाचनका माध्यमबाट परास्त गर्न जरुरी रहेको बताएका छन ।

जिल्लाको भित्रि मधेस जोगबुढा क्षेत्रमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै नेता देउवाले अहिलेको बाम गठवन्धनलाई जनताले जिताए लोकतन्त्र खतरामा पर्ने दावी गरेका हुन । लोकतन्त्रको रक्षाका लागि निर्वाचनमा सचेत भई जनताले बाम गठवन्धनलाई परास्त गर्नु जरुरी रहेको देउवाको भनाइ छ ।

एमाले–माओवादीको गठवन्धनले मुलुकमा प्रत्यक्ष राष्ट्रपति प्रणाली ल्याउन खोज्नु नै मुलुकमा लोकतन्त्र खतरामा पर्नु भएको देउवाको भनाई थियो ।

‘प्रत्यक्ष राष्ट्रपति प्रणालीले मुलुकमा तानाशाही निर्दलिय पद्दती ल्याउन सक्ने खतरा रहेको उनको दावि छ । प्रत्यक्ष राष्ट्रपति शासन प्रणालीको कुरा गर्नु भनेको अहिलेको संबिधानलाई समेत स्विकार नगर्नु भएको उल्लेख गरे ।