टिप्पणी/प्रयास पराजुली

लहरो तान्दा पहरो थर्किने भनेझै सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीको नियुक्तिको फाइलको पुनरावलोकन गरेपछि राजनीतिक दलहरुबीच बहस र विवाद चर्किएको छ ।KP Oli-Prachand-620x400-620x372

सर्वोच्च अदालतले कार्कीको नियुक्तिको फाइल पेश गर्न सरकारलाई पत्राचार गरेको थियो । तर सरकारले भुकम्पमा परेर कार्कीको फाइल हराएको जवाफ दिएपछि सर्वोच्चले पुनः फाइल पेश गर्न पुनरावलोकन गरेको थियो । सर्वोच्चले आदेश दिएलगत्तै सरकारले कार्कीको फाइल पनि फेला पारेको छ । केही दिनमा कार्कीलाई नियुक्त गर्ने बेलाका फाइल सर्वोच्च पुग्नेछ ।

सर्वोच्चले पुनरावलोक गर्ने निर्णय गरेकै दिन अख्तियारले माओवादी लडाकु शिविरमा भएको भनिएको अनियमितताको छानबिन गर्ने निर्णय गरेपछि सरकारको नेतृत्व गरेको माओवादीभित्र पनि हल्लाखल्ला मच्चिकिएको छ । यतिसम्म कि लोकमानको निर्णयले प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष केपी ओलीबीच आरोप प्रत्यारोप सुरु भएको छ । गालीगलोज चर्किएको छ ।

अख्तियारको निर्णयलाई माओवादीले एमालेको उक्साहटमा लागेको भनेको छ । एमालेले कुनै पनि हालतमा छानबिन प्रक्रियालाई प्रभावित पार्ने काम नगर्न दबाब दिदै आएको छ ।

यो पढ्नुस: बालुवाटारमा प्रचण्ड-लोकमान सबाल जवाफ

सर्वोच्चले के फैसला गर्ला ?

अख्तियारको निर्णयप्रति प्रधानमन्त्री प्रचण्डले प्रमुख कार्कीलाई भेटेरै प्रक्रिया अगाडि नबढाउन आग्रह गरेको सार्वजनिक भइसकेको छ । सर्वोच्चले कार्कीको फाइल अध्ययन गरेर फैसला गर्न नै बाँकी छ ।

पहिलो पटक सरकारले भुकम्पले फाइल हरायो भनेर झुक्याए पनि मन्त्रीपरिषद्को बैठकमा लोकमानको नियुक्ति गरेको भेटिएको सार्वजनिक भइसकेको छ । अब कार्कीको नियुक्तिको सत्यतथ्य सर्वोच्च पुग्नेछ । सोही फाइलको आधारमा अदालतले निर्णय सुनाउनेछ ।

सर्वोच्चले उचित प्रमाणको आधारमा निर्णय गर्ने हो भने कार्कीको योग्यता नपुग्ने दावी पनि गरिदै आएको छ । योग्यता नपुग्ने अवस्थामा अदालतले कार्कीको पक्षमा फैसला नगर्ने निश्चित छ । कार्कीको बारेमा अदालतले के फैसला गर्छ भन्ने आम चासोको विषय बन्न पुगेको छ । अदालतले विपक्षमा फैसला गरेको अवस्थामा कार्कीले अख्तियारको प्रमुखबाट हात धुनुपर्ने हुन्छ । के होला भन्ने चासोको बारेमा अदालतले केही समयपछि फैसला गर्नेछ ।

बहस लोकमानको झगडा प्रचण्ड र ओलीको

सर्वोच्च अदालतले कार्कीलाई नियुक्त गरेको फाइलको पुनरावलोकन गर्ने निर्णयसँगै राजनीतिक वृत्तमा पनि व्यापक चासो र बहस चर्किएको छ । माओवादीलेले सर्वोच्चले के फैसला गर्ला भन्ने विषयमा चासो दिएको छ भने एमालेले अख्तियारले माओवादीका नेताहरुमाथि कहिलेदेखि छानबिन अगाडि बढाउला भन्नेमा चासो लिएको छ ।

एमालेको भातृ संगठन युवा संघ नेपालले लडाकु शिविरमा भएको भनिएको अनियमितताको बारेमा छानबिन गर्न अख्तियारमा मुद्दा नै दर्ता गराएको थियो । कार्कीको नियुक्ति प्रक्रियाको बारेमा सर्वोच्चले फैसला गर्न बाँकी रहकै बेला प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच घोचपेच चलेको छ । आरोप प्रत्योपको बर्षा नै भएको छ । माओवादीले ओलीको इसारामा आफूहरुमाथि मुद्दा लगाएर तर्साउन खोजेको आरोप लगाएको छ । लोकमानको फाइल सर्वोच्च अदालतले खोज्दा प्रचण्ड र ओलीबीच भने बाझाबाझ सुरु भएको छ ।