हेडलाइन्स विश्लेषण । काठमाडौं ।

संविधान संसोधन, स्थानीय तहको सीमाकंन र तीन तहका चुनावको राजनीतिक सरगर्मीबाट नेपाली राजनीति ‘प्याराडाइम सिफ्ट’ हुँदै अख्तियार प्रमुखलाई महाअभियोज प्रस्ताव दर्तासम्म पुग्दा राजनीतिमा एकाएक हलचल आएको छ । केही छनक र कसैलाई पनि थाहा नदिइकन माओवादी र एमालेका १५७ सांसदका कार्कीविरुद्ध संसद सचिवालयमा कार्कीविरुद्ध महाअभियोग बुधबार दर्ता भएपछि राजनीति एकाएक तरगिंत हुन पुगेको हो ।

भारतीय चलखेलपछि एमालेको निर्णय

ओली सरकारलाई विस्थापित गर्दै कांग्रेस र माओवादी केन्द्रको गठबन्धन बन्ने तर, सत्ता फेरिएपछि दुई ध्रुव जस्ता बनेका माओवादी केन्द्र र एमालेको अग्रसरतामा महाअभियोग दर्ता हुँदा अब राजनीति कता जाला भन्ने नै ठम्माउन कठिन देखिएको छ ।

sher bahadur deuwa car walking

किनकी बुधबार कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव बिहीबारको संसद बैठकमा प्रस्तुत हुने कार्यक्रम भए पनि तीन दिनलाई संसद बैठक सूचना टाँस गर्दै स्थगित हुनुले अर्को गम्भीर आशंका उत्पन्न गराइदिएको छ । सत्तारुण दलबीच नै समन्वय नभएको र दर्ता गराउन हस्ताक्षर गरेका सांसदले नै आश्चर्य व्यक्त गरेपछि कार्की प्रकरण झन् रोमाञ्चक बन्ने देखिएको छ । आइतबारसम्मलाई संसद बैठक स्थगित भएको छ भने कांग्रेसले आजैबाट केन्द्रीय समितिको बैठक सुरु गरेको छ ।

लोकमान काण्डमा भारत घुस्यो, दुताबासबाट आयो अर्कै प्रस्ताव

सत्तारुढ भएर पनि बिहीबार प्रधानमन्त्री प्रचण्डसँग कांग्रेस सभापति शेरबहादुर देउवाले आफूले एक्लै निर्णय गर्न नसक्ने बताइदिएका थिए । उनले यस्तो बताएपछि अब सत्ता समीकरण नै के हुन्छ भन्ने प्रश्न पनि उठेको छ । यद्यपी कांग्रेसका सांसदलाई महाअभियोगबारे थाहा नदिइए उनीहरु पनि कार्कीलाई हटाउने पक्षमा छन् ।

PM Prachanda and sher bahadur deuwa

यस अघिदेखि कार्कीलाई हटाउनुपर्छ भन्नेमा अगुवाई गर्ने कांग्रेस सांसदहरुमा गगन थापा, धनराज गुरुङ, रामहरि खतिवडासहितका छन् । त्यसैले अब कार्कीको महाअभियोग प्रस्ताव के हुन्छ भन्ने बल कांग्रेसको कोर्टमा पुगेको छ । कांग्रेसको समर्थनविना कार्कीमाथि लागेको महाअभियोग प्रस्ताव पारित नै हुने अवस्था छैन । त्यसैले अब कांग्रेसले कस्तो निर्णय लिन्छ भन्नेमा यो प्रस्ताव के हुन्छ भन्ने टुंगो लाग्ने देखिन्छ ।

राष्ट्रिय राजनीतिका संविधान कार्यान्वयन, स्थानीय तह, प्रदेश र केन्द्रीय संसदको चुनावको विषयमा मारामार बहस हुनुपर्ने समयमा लोकमान प्रकरण भित्रिने र सत्तासमीकरणसमेत के हुने भन्नेको छिनोफोनो अब कांग्रेसतिर गएको छ । किनकी माओवादी र एमालेसँग कार्की हटाउनसक्ने दुई तिहाई मत छैन । यसमा कांग्रेसको सहमति अनिवार्य छ । सत्ताको समीकरण नै गिजोलिने अवस्था आए राजनीतिक मुडभेड झन् बढ्ने भएकोले कांग्रेसको बुद्धिमतापूर्ण निर्णयमा राजनीतिको बाटो डोहोरिने देखिन्छ ।

कांग्रेसमा पनि दबाब छ
यस अघि कांग्रेसकै सांसदहरु पनि लोकमानलाई हटाउनुपर्छ भन्दै अभियान थाल्दै आएका थिए । अहिले लोकमान तीव्र अलोकप्रिय भएकोमा कांग्रेसकै सांसदसमेत सहमत छन् । तर, उनीहरुको असन्तुष्टी अविश्वासप्रस्तावमा भन्दा पनि आफूहरुलाई थाहा नदिएकोमा छ ।

‘हामीलाई अब अविश्वासको प्रस्तावबाट ब्याक हुन गाह्रो छ । किनकी सारा मानिस लोकमानविरुद्ध छन् । पब्लिकले लोकमानलाई रुचाएका छैनन्’ कांग्रेसका एक सांसद भन्छन्, ‘प्रचण्ड र ओलीहरु राख्न हुन्न भन्नेमा छन् । हामी कांग्रेसीहरु पनि लोकमानको निरन्तरता चाहँदैनौं । थाहा नदिइकन अविश्वास प्रस्ताव दर्ता गरियो भन्ने मात्र हो । आन्तरिक छलफलपछि कांग्रेसले पनि पास गर्छ ।’

ओली-प्रचण्डको अर्को एक गोप्य भेट, प्रचण्ड सरकार ढल्ने कारण बन्न सक्छ

कांग्रेसका ती सांसदका अनुसार माओवादीका सांसदलाई बिजुलीको पोल र तार दिने भनेर हस्ताक्षर गरिएको, बजेट दिने भनेर हस्ताक्षर गरेको गुनासो गरेको पनि ती सांसद बताउँछन् । तर, लोकमानलाई हटाउन हुँदैन भन्नेमा एमाले र माओवादी पूरै तयार र कांग्रेसमा हटाउनै पर्ने हटाउन नहुने भन्ने दुई मत अझै्र छ । यस्तो मान्यताका बीच बिहीबार ३ बजेबाट सुरु भएको बैठकले कस्तो निर्णय लिन्छ भन्ने विषय नै मुख्य हुने देखिएको छ ।

साउदी राजपारिवारले संसारसँग लुकाएका ७ कुरा, राजाले छोरीलाई पनि छोडेनन्