१९ मंसिर, दाङ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रभावशाली नेता खुमबहादुर खड्काले वर्तमान समस्याको जड दिल्लीमा गरेको १२ बुँदे सम्झौता भएको बताएका छन् । दाङमा संचारकर्मीसंग कुरा गर्दै नेता खड्काले सानो मुलुक जहाँ तीन करोड जनसंख्या छैन, यस्तो देशमा संघीयता आवश्यक थिएन भन्ने पनि पार्टीले स्वीकारेको बताए ।

उनले संघीयतामा नजाऊँ, जातजातिको कुरा आउँछ भोलि अप्ठेरो हुन्छ भन्दा साथीहरूले नमान्दा आज देश विखण्डनतर्फ जान थालेको नेता खड्काले बताए । १२ बुँदे सहमति हत्पत्मा गरेकोले मुलुकमा अस्थिरता निम्तिएको उनले बताए । खड्काले आफूहरूले राजसंस्थाको विषयमा तानाशाह हुनुहुन्न भनेको भए पनि राजा फाल्ने कुरा नगरेको बताए ।

khum-bahadur-khadka1

फाइल तस्बिर

धरर्मनिरपेक्षताको सवालमा समेत १२ बुँदेमा कतै उल्लेख नभएकोले त्यो लाद्न खोज्दा आज देश अस्थिर भएको र विभाजनतिर गइरहेको बताए । नेता खड्काले राष्ट्रिय विभूती पृथ्वीनारायण शाह र महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक फोर्नेहरू विदेशी दलाल भएको बताए । उनले माओवादी केन्द्रलाई विदेशी दलालको संज्ञा समेत दिए । उनले भने, ‘दरबारियाले जन्माए, इण्डियाले बढाए–हुर्काए र गिरिजाप्रसाद कोइरालाले फलाए फुलाए ।’ अर्को प्रसङगमा सीमाङ्कन गर्दा पहिलेनै त्रुटी गरेकाले अहिले समस्या आएको नेता खडकाको दाबी छ ।

राजनीतिले निकास नपाउँदासम्म देशले निकास नपाउने बताउदै उहाँले देशलाई निकास दिन पनी सबै दलहरु एक ठाउँमा आउनुपर्नेमा उनको जोड थियो । खडकाले जनताले चाहेमा फेरी हिन्दु राष्ट्र  फर्कने बताए । ९४ प्रतिशत ओमकार परिवार रहेको नेपालमा ४ प्रतिशतको हाराहारीमा रहेका मुस्लीमहरुको पनी हिन्दु राष्ट्रका लागि समर्थन रहेकाले जनता जागेमा हिन्दुराष्ट्र फर्कन सम्भव रहेको भन्दै नेताहरुको अदुर दृष्टिका कारण क्रिष्चयन धर्मावलम्बीहरु बड्दै गएको आरोप लगाए ।