९ माघ, काठमाडौं।
मनोहरा जग्गा एकीकरण आयोजनाका नाममा काठमाडौं र भक्तपुरको सिमानामा पर्ने मनोहरा सुकुम्वासी वस्ती उठाउन लागेको भन्दै मनोहरा नदि किनार बस्ने बासिन्दाले विरोध जनाएका छन् ।

आइतबार प्रमुख सत्तारुढ नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा ज्ञापन पत्र बुझाउदै उक्त आयोजना खारेज नै गर्न उनिहरुले माग गरेका हुन् । त्यस्तै उनीहरुले अहिले बसिरहेकै स्थानमा भूस्वामित्व सहित लालपूर्जा वितरण गर्न माग पनि गरेका छन् ।

भक्तपुर , ठिमी नगरपालीका वडा नंवर १६ को मनोहरा किनाराको क्षेत्रमा टाउन प्लानिङ गर्न लागीएपछि उक्त स्थानको छेउमा बस्ने बासिन्दाले विरोध जनाउदै आएका छन् । ज्ञापन पत्र बुझाउदै उनीहरुले मुलुकभरका सुकुम्वासीको समस्या समाधान गर्नका लागी उच्चस्तरिय सुकुम्वासी समस्या समाधान आयोग गठन गर्नसमेत माग गरेका छन् ।

त्यस्तै ज्ञापन पत्र बुझाउदै उनीहरुले मनोहरा सुकुम्वासी नजिक हाल बगिरहेको मनोहरा नदिलाई करिडोर खुलाउन आर्थिक योजना सहितको कार्य योजना तत्काल अघि बढाउन माग पनि गरेका छन् ।