१४ मंसिर, कैलाली ।

कैलालीमा निर्वाचन प्रचारमा उम्मेदवारले प्रयोग गरेको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । कैलालीको निर्वाचन क्षेत्र नम्बर दुईको ‘क’ बाट प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवार रतन थापाको गाडीमा आज विहान आगजनी भएको हो ।

लम्की चुहा नगरपालिकामा रहेको थापाको घर पछाडि रहेको ग्यारेजमा राखिएको बा १६ च ६८९९ नम्बरको गाडीमा विहान साढे तीन बजेतिर आगजनी भएको हो । आगजनीबारे अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।