१९ भदौ, गौशाला ।

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले वार्ताको सट्टा विगतमा गरिएका सम्झौताहरू लागू गराउनतर्फ ध्यान दिनुपर्ने बताएका छन ।

आज महोत्तरीको सदरमुकाम जलेश्वरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकारसम्मेलनमा अध्यक्ष ठाकुरले सरकारले वार्ताको सट्टा विगतमा गरिएका आठबुँदे, १६ बुँदै सम्झौता लागू गर्न माग गरे ।

Mahantha_Thakur

साथै अन्तरिम संविधानमा लेखिएको सहमतिको आधारमा स्वायत्त मधेसलगायतका विभिन्न व्यवस्थाहरू कायम गर्दै संविधान जारी गर्नुपर्ने उनको भनाइ थियो ।

अध्यक्ष ठाकुरले मधेस र मधेसीलाई अधिकारबाट वञ्चित गर्न नसकिने र मधेसलाई बेवास्ता गरी संविधान जारी गरिए मधेसीलाई स्वीकार्य नहुने बताए । रासस